Logo

च्यासलका दुई खेलाडीमा कोरोना संक्रमण



काठमाडौं, २९ पुस । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा च्यासल न्युथ क्लबका दई खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

रक्षक कमल श्रेष्ठ र गोलकिपर प्रदीप भण्डारीलाई कोभिड–१९ संक्रमिण भएको क्लबले जनाएको छ ।

संक्रमण भएपछि दुई खेलाडीले नवौँ चरणको खेल गुमाउने भएका छन् । खेलाडीहरु स्वाथ्य अवस्था भने सामान्य रहेको बताइएको छ ।

च्यासलले नवौँ चरणको खेल अन्तरगत माघ दुई गते नेपाल पुलिस क्लबविरुद्ध खेल्नेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot