Logo

बेलायतमा नेपाली नर्सलाई रोजगारी दिनेबारे भोलिदेखि औपचारिक वार्ता सुरु हुने



काठमाडौं, २९ पुस । नेपाली नर्सलाई बेलायतमा रोजगारीको अवसर दिनेबारेमा भोलिदेखि औपचारिक वार्ता शुरु हुने भएको छ । नेपाल र बेलायत सरकारले गठन गरेको वार्ता टोलीले शुक्रबारदेखि वार्ता गर्ने भएका हुन् ।

वार्तामा औपचारिक रुपमा नेपाली नर्सलाई बेलायत लैजाने विषयमा छलफल हुने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दुबै पक्षबाट कार्यदल बनाएर वार्ता टोली गठन गरी वार्ता अगाडी बढाउन बेलायतले नेपाललाई प्रस्ताव गरेको थियो ।

नेपाली वार्ता टोलीको नेतृत्व मन्त्रालयका सहसचिव राजीव पोखरेलले गर्ने भएका छन् ।



प्रतिक्रिया दिनुहोस्