Logo

चुनावको मुखमा योगी सरकारका मन्त्री धमाधम भाजपा छाड्दै



एजेन्सी, २९ पौष । भारतको उत्तर प्रदेश राज्यको विधानसभा चुनाव नजिकिदै गर्दा सत्तारुढ भारतीय जनता पार्टीलाई एकपछि अर्को धक्का लाग्न थालेको छ । मुख्यमन्त्री योगी आदित्यनाथको मन्त्रीमण्डलमा रहेका तीन मन्त्रीले भाजपा छाडिसकेका छन् ।

आज मन्त्री धरम सिंह सैनीले भाजपा छाडेका छन् । सैनी खाद्य सुरक्षा राज्यमन्त्री हुन् । उनले दलित, पिछडिएको वर्ग, किसान, युवा र साना व्यवसायीलाई बेवास्ता गरेको आरोप लगाउँदै भाजपा छाडेको बताएका छन् ।

सांसदहरु मुकेश बर्मा र विनय शाक्यले पनि भाजपा छाडेका छन् । उनीहरु टिकट नपाउने संकेत पाएपछि पार्टी परित्यागको निर्णयमा पुगेको बुझिएको छ ।

उत्तर प्रदेशमा १० फेब्रुअरीबाट मतदान हुँदैछ । मतदानमा भाजपाविरुद्ध गठबन्धन बन्ने सम्भावना बढ्दै गएको छ ।



प्रतिक्रिया दिनुहोस्