Logo

आवश्यकता हेरेर खास ठाउँमा लकडाउन गर्न सक्छौः स्वास्थ्यमन्त्री खतिवडा



काठमाडौं, २९ पुस । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कोरोना संक्रमण बृद्धि भएको बताउँदै आवश्यकता हेरेर मात्र लकडाउन गर्ने बताए । बिहीबार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमपछि मन्त्री खतिवडाले पहिलाको जस्तो आत्तिएर, मात्तिएर लकडाउन नै समाधान हो भन्ने पक्षमा सरकार नरहेको स्पष्ट पारे ।

आवश्यकता हेरेर खास ठाउँमा त्यो विचार पु¥याएर लकडाउन गर्ने उनको भनाई थियो । मन्त्री खतिवडाले आवश्यकताअनुसार ठाउँ विशेषमा लकडाउन गर्न सक्ने इशारा गरे । तत्काल लकडाउनको विषयमा आतंकित नहुन पनि आग्रह गरे ।

खतिवडाले कोरोनाको तेस्रो भेरियन्टबाट बच्न होसियार रहनुपर्ने भन्दै मास्क र स्यानिटाइजर अनिवार्य प्रयोग गर्न र पहिलो, दोस्रो डोज लगाएर सुरक्षित बस्न पनि सबैलाई आग्रह गरे ।

उनले आउँदो माघ पहिलो हप्ताबाट अग्रपंक्तिमा रहेर काम गर्नेहरूलाई बुस्टर डोजको व्यवस्था गर्ने पनि जानकारी दिए ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot