Logo

अनपढ आमा



करिश्मा मानन्धर: एक मध्यम वर्गीय परिवारको एउटा छोरोले SEE को परीक्षामा ९०% अंक प्राप्त गर्यो । बुबाले मार्कसिट हेरेर खुशी हुँदै आफ्नी श्रीमतीलाई भने, खीर बनाउ । आज स्कूलको परीक्षामा तिम्रो प्यारो छोराले ९०% अंक ल्याएको छ ।
आमा भान्साकोठाबाट दौड्दै आईन र खुशी हुँदै भनिन् खै मलाई पनि देखाउनुस् न म पनि मेरो छोराको रिजल्ट हेरौं ।
यसै बिच छोराको मुखबाट फ्याट्ट निस्कियो । बुबा यिनलाई रिजल्ट कहाँ देखाउँदै हुनुहुन्छ, के यिनले यो पढ्न सक्छिन ?
यिनी त अनपढ़ हुन् ।
अश्रुपूर्ण आँखालाई सारीको एक फेरोले पुछ्दै आमा खीर
बनाउन भान्साकोठा गईन् ।
यो सबै बुबाले हेरेर भने, हो छोरा तैले एकदमै सही भनिस् ।
तेरी आमा अनपढ़ छे ।
जब हाम्रो बिहे भएको तीन महिनाभित्र नै तेरी आमा गर्भवती भएकी थिई ।
मैंले सोचे बिबाहपछि काहिँ घुम्न गएका थिएनौं । एक अर्कालाई राम्रोसँग चिनेका पनि थिएनौं । मैले भनें, हिँड यसपटक एवर्सन गरेर पछि जन्माउँला बच्चा । तर तेरी आमाले जोड़ दिएर भनिन् घुम्न, डुल्न र एक अर्कालाई बुझ्न यो सब बिस्तारै दिन बितेसँगै क्रमैसँग हुँदै जान्छ ।
त्यसपछि तेरो जन्म भयो । ऊ अनपढ़ नै थिई । जब तँ गर्भमा थिइस्, उसलाई दुध पटक्कै मन पर्दैनथ्यो । उसले तँलाई स्वस्थ बनाउनको लागी नौ महिनासम्म दुध पिउँथी किनकी
तेरो आमा अनपढ़ थिई ।
तँलाई बिहान ७:०० बजे स्कूल जानु पर्थ्यों ।
त्यसैले बिहान ५:०० बजे उठेर तँलाई मनपर्ने नास्ता
र डिम्बा बनाउँथी किनकी उ अनपढ़ थिई ।
जब तँ रातमा पढ़दा-पढ़दै निदाउथिस, ऊ आएर तेरो कापी किताब झोलामा राखीदिएर तँलाई ओछ्यानमा सुताउँथी र
त्यसपछि सुत्थी । र रातमा बारम्बार उठेर तँलाई शिरक ओढाउँथी । किनकी उ अनपढ़ थिई ।
सानैदेखी तँ धेरै समय बिमार रहन्थिस
त्यतिबेला ऊ रातभर जागेर पनि बिहान
चाँडै उठेर काममा लाग्थी
किनकी छोरा ऊ अनपढ़ थिई ।
तेरो लागी ब्रांडेड कपडा ल्याउनको लागी
मेरो पछि पर्थी र स्वयं बर्षभरी एउटै नै
साड़ीमा रहन्थी किनकी उ
अनपढ़ थिई ।
छोरो जो तेरो नज़रमा पढ़े लेखेका मान्छेहरु छन् ।
उनीहरु सबभन्दा पहिला आफ्नो स्वार्थ र मतलब हेर्छन् ।
तर तेरी आमाले आजसम्म कहिल्यै हेरिन
किनकी अनपढ़ हो ऊ ।
उसले खाना बनाएर र हामीलाई पस्किएर दिएपछि कहिलेकाँही आफैले खान नै बिर्सन्थि ।
त्यसैले म गर्वको साथ भन्छु तेरी आमा अनपढ हो ।
यो सब बुबाको मुखबाट सुनेर छोरो रुँदै आफ्नै आमालाई अंगालो हाल्दै भन्यो । आमा मैले त कागजमा ९०% अंक ल्याको हो ।
तर तपाईं मेरो जीवनलाई १००% बनाउने पहिलो शिक्षक हुनुहुन्छ ।
आमा म आज पनि अशिक्षित छु र तपाईंसँग पिएचडी भन्दा पनि उच्च डिग्री छ । किनकी आज मैले आफ्नी आमा भित्र लुकेको डाक्टर, शिक्षक, वकील, ड्रेस डिज़ाइनर, बेस्ट कुक यी सबैको दर्शन गरे ।
मलाई माफ गर्नुहोस् आमा ।
हो मेरी आमा अनपढ छिन् तर दुनियाँको ठुलोभन्दा ठुलो डिग्रीहरु पनि एक अनपढ आमाको अगाड़ी सिर्फ एक रद्दी कागजको टुक्रा हुन्छ । किनकी दुनियाँको हरेक सफल मनुष्य हुनुमा एउटी आमाको देन हुन्छ ।
सदैव आफ्नो जन्म दिने ममताकी खानी आमालाई माया गर्नुहोस्, सम्मान दिनुहोस् । आमा जगत जननी हुन् । त्यसैले आमाको मन कहिल्यै नदुखाउनु ।
सम्पूर्ण आमाहरु प्रति समर्पित पोष्ट ।  (करिश्मा मानन्धरको फेसबुकबाट)


प्रतिक्रिया दिनुहोस्