Logo

बिजुलीको पोल सार्न घूस लिएपछि…



काठमाडौं, २९ पौष । बिजुलीको पोल सार्न नेपाल विद्युत प्राधिकरणका अधिकारीहरुले घूस लिन थालेको सूचनापछि अख्तियार दुरुपयोग अनुसन्धानले घूससहित एकजना अधिकारीलाई पक्राउ गरेको छ । यसरी घूस लिने काठमाडौं ग्रिड महाशाखा सव स्टेसन पाटन, ललितपुरमा कार्यरत सव स्टेसन प्रमुख सोमप्रसाद पहाडी हुन् ।

पहाडीले एक लाख ४० हजार घूस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्