Logo

भिरकोटका वडाध्यक्ष र सदस्यले नागरिता बनाउन घूस लिएपछि….



काठमाडौं, २९ पौष । घूस लिएको अभियोगमा पक्राउ परेका स्याङ्जा भिरकोट नगरपालिका ९ का वडाध्यक्ष भिमबहादुर गुरुङ र वडा सदस्य कुलबहादुर गुरुङमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । उनीहरुमाथि नागरिकता बनाइदिने प्रयोजनका लागि १ लाख ३५ हजार घूस लिएको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायरभएको हो ।

भीमबहादुरले नागरिकता बनाइदिनका लागि १ लाख ३५ हजार लिई दोहोरो नागरिकता बनाउन झुट्टा विवरणको आधारमा बदनियतपूर्वक गलत सिफारिस गरिदिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot