Logo

नाकामा होल्डिङ सेन्टर बनाउने निर्णय वैशाखमै



काठमाडौं, पुस ३० । सरकारले ५ वैशाखमा ८ सीमा नाकामा एक÷एक हजार बेडका होल्ङिसेन्टर बनाउने निर्णय गरे पनि सरकारी निर्णयको आठ महिना पूरा हुँदासमेत होल्डिङ सेन्टर निर्माण भने पूरा भएको छैन ।

सरकारले मुलुकका खुला गरिएका १३ सीमा नाकामध्ये धेरै आवतजावत हुने ८ नाकामा होल्डिङ सेन्टर बनाउन नेपाली सेनालाई गत १३ वैशाखमा नै जिम्मा दिएको थियो । जसअनुसार कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरीफन्टा, झापाको काँकडभिट्टा, मोरङको रानी भन्सार, कपिलवस्तुको कृष्णनगर, पर्साको वीरगन्ज र बाँकेको नेपालगन्जमा होल्डिङ सेन्टर बनाउने निर्णय गरेको थियो ।

तर, निर्णय भएको आठ महिनामा समेत काम पूरा नहुँदा र संक्रमण बढ्दा नाका हुँदै आएकालाई व्यवस्थापन गर्न असहज बनेको हो । निर्माणको जिम्मा पाएको नेपाली सेनाले भने पहिले जग्गा प्राप्तिमा नै समस्या उत्पन्न भएको र पछि वजेट निकासामा ढिलाइ हुँदा समयमा काम सक्न असहज भएको दाबी गरेको छ ।

सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले निर्णय भएपछि जग्गा खोजिएको र जग्गा प्राप्त भएपछि बजेट समयमा निकासा नहुँदा निर्माण कार्यमा ढिलाइ भएको जानकारी दिएका हुन् । अहिले भने सेनाले थप बजेट माग गरेर निर्माण कम्पनीसँग आपसी समझदारी गर्दै धमाधम निर्माणको काम गरिरहेको छ ।

पछिल्ला केही दिनयता सीमा नाकामा कोरोना परीक्षणका लागि गरिएको एन्टिजेन परीक्षणमा कोभिड–१९ संक्रमितको संख्या बढ्दै गएपछि अधुरा होल्डिङ सेन्टरलाई पूर्णता दिने काम धमाधम भइरहेको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्