Logo

धनकुटामा टिपर दुर्घटना, दुई जनाको मृत्यु



धनकुटा, पुस ३० । धनकुटामा टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । धनकुटा नगरपालिका वडा नम्बर २ नागढुंगास्थित कोशी राजमार्गमा बा प्र ०३ ००१ क ०५४९ नम्बरको टिपर आज बिहान सडकबाट करिब २५ मिटर तल खसेर दुर्घटना हुँदा टिपर चालक र सहचालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी टिपर चालक प्युठान मान्डवी गाउँपालिका( १ का २८ वर्षिय भुवन थ्रेडी मगर र सह(चालक दाङ बबई गाउँपालिका ३ का २१ वर्षिय नविन बिकको मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर दुर्घटनापछि पुगेको प्रहरीले दुवैलाई मृत अवस्थामा फेला पारेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्