Logo

आर्सनल र लिभरपुल बराबरीमा रोकिए



काठमाडौं, ३० पुस । कारबाओ कपको सेमिफाइनल अन्तर्गतको दोस्रो लेगमा लिभरपुल र आर्सनल गोलरहित बराबरीमा रोकिएका छन् ।

खेलको २४औं मिनेटमा झाकाले रातो कार्ड खादै मैदान बाहिरिएपछि १० खेलाडीमा सिमित भएको आर्सनलले लिभरपुललाई गोलरहित बराबरीमा रोक्न सफल भएको हो ।

तर, खेल अवधिभर प्रयासरत रहेपनि लिभरपुलले त्यसको फाइदा भने लिन सकेन ।

यी दुई टोलीबीचको दोस्रो लेग जनवरी २० तारिखमा हुनेछ ।

विजेताले फाइनलमा चेल्सीको सामना गर्नेछ ।



प्रतिक्रिया दिनुहोस्