Logo

‘ए’ डिभिजन लिगः आज एपीएफ र हिमालयन तथा मनाङ र सातदोबाटो भिड्दै



काठमाडौं, ३० पुस । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज (शुक्रबार)बाट नवौं चरणका खेलहरु सुरु हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नवौं चरणका खेल अन्तरगत आज दुई खेलहरु हुनेछन् ।

पहिलो खेलमा नेपाल एपीएफ क्लब र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ ।

८ खेलमा ७ अंक जोडेको एपीएफ दशौं स्थानमा रहेको छ ।

हिमालयन ८ खेलमा ११ अंक जोड्दै छैटौं स्थानमा रहेको छ ।

यस्तै, दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र सातदोबाटो युथ क्लब खेल्नेछन् । खेल साझँ ४ः४५ बजे सुरु हुनेछ ।

१९ अंकका साथ दोस्रो स्थानमा रहेको मनाङ आज शीर्ष स्थानमा उक्लिन चाहन्छ ।

साथै, ९ अंक जोड्दै आठौं स्थानमा रहेको सातदोबाटो पनि अंक तालिकामा सुधार ल्याउन चाहन्छ । तस्विरः एन्फा



प्रतिक्रिया दिनुहोस्