Logo

प्रधानमन्त्री कपमा आज चार खेल हुँदै



काठमाडौं, ३० पुस । प्रधानमन्त्री कप टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा आज शुक्रबार चार खेलहरु हुँदैछन् ।

प्रतियोगिता अन्तर्गत आज टियु क्रिकेट मैदानमा दुई तथा मुलपानी क्रिकेट मैदानमा दुई खेल हुने छन् ।

टियु मैदानमा कर्णाली प्रदेश र नेपाल पुलिस क्लब साथै दोस्रो खेलमा प्रदेश २ र बग्म्मति प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

समूह ए मा रहेको कर्णाली चौंथो स्थानमा छ भने पुलिस शीर्ष स्थानमा रहेको छ ।

समूह बी मा रहेको प्रदेश २ चौथो स्थानमा रहेको छ भने बागमती दोस्रो स्थानमा रहेको छ ।

यस्तै, मुलपानीमा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र सुदुरपश्चिम प्रदेशबीच भिड्नेछन् भने दोस्रो खेलमा एपीएफ र लुम्बिनी प्रदेशबीच प्रतिष्पर्धा हुनेछ ।

समूह ए को आर्मी दोस्रो स्थानमा छ भने सुदुरपश्चिम तेस्रो स्थानमा रहेको छ ।

समूह बी मा रहेको एपीएफ ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ ।

यस्तै, लुम्बिनी २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । तस्विरः क्यान



प्रतिक्रिया दिनुहोस्