Logo

दुई रुपैयाँको नयाँ सिक्का प्रचलनमा



काठमाडौं, पुस ३० । नेपाल राष्ट्र बैंकले आजबाट दुई रुपैयाँ दरको नयाँ सिक्का प्रचलनमा ल्याउने भएको छ ।

राष्ट्र बैंकले साविककै आकार तथा सुनौलो रङ्गमा टकमरी गरिएको साल २०७७ लेखिएको दुई रुपैयाँ दरको सिक्का चलनचल्तीमा ल्याउन लागेको हो।

राष्ट्र बैंकका अनुसार यो सिक्का फरक क्षमता भएका (दृष्टिविहीन)हरूले स्पर्श गरेर सिक्काको दर पहिचान गर्न सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस्