Logo

भारतमा थप २ लाख ६४ हजारमा कोरोना संक्रमण



एजेन्सी, ३० पुस। भारतमा एकै दिन २ लाख ६४ हजारमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा दुई लाख ६४ हजार दुई सय दुई जनामा सङ्क्रमण पुष्टि भएको छ । यही अवधिमा तीन सय १५ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका छन् ।यस्तै पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये पाँच हजार सात सय ५३ जनामा नयाँ भेरियन्ट ओमिक्रोन देखिएको बीबीसीले जनाएको छ ।

यही अवधिमा एक लाख नौ हजार तीन सय ४५ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । अहिले भारतमा १२ लाखभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका त्यहाँको मन्त्रालयले जनाएको छ । अहिले भारतमा कोरोना सङ्क्रमण दर १४ प्रतिशतभन्दा धेरै छ । यहीबीचमा एकै दिन ७३ लाख जनाभन्दा धेरैलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । अहिलेसम्म एक सय ५५ करोड जनसङ्ख्यालाई खोप लगाइएको त्यहाँको मन्त्रालयले जनाएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्