Logo

मड्रिडलाई हराउदै बिलबाओ फाइनल प्रवेश



काठमाडौ, ३० पुस । एटलेटिको मड्रिडलाई हराउदै बिलबाओ स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राती भएको खेलमा एटलेटिको मड्रिडलाई २–१ गोलअन्तरले पराजित गर्दै बिलबाओ फाइनलमा प्रवेश गरेको हो ।

खेलको ६२औ मिनेटमा बिलबाओका किप्पर सिमोनले आत्मघाती गोल गरेपछि एटलेटिको मड्रिडले अग्रता बनाएको थियो ।

तर बिलबाओका येराय अल्भारेजले ७७औ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

साथै, खेलको ८१औं मिनेटमा निको विलियम्सले गोल गर्दै बिलबाओलाई जित दिलाएका थिए ।

उपाधिका लागि बिलबाओले आइतबार रियल मड्रिडको सामना गर्नेछ ।



प्रतिक्रिया दिनुहोस्