Logo

प्रधानन्यायाधीश जति दिन पदमा बस्नुहुन्छ, त्यति नै उहाँको खति हुन्छ : रमन श्रेष्ठ (भिडिओसहित)



काठमाडौं, ३० पुष । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अहिले अधिकारविहीन भएको टिप्पणी गरेका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरुले अहिले प्रधानन्यायाधीशले ठीक किसिमले न्यायालय सञ्चालन गर्नुभएन भनेर टिप्पणी गरिरहेको पनि श्रेष्ठको भनाई छ ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले न्यायाधीशहरुले नै अहिले प्रधानन्यायाधीशले गर्न भनेको काम नगरेको सुनाए ।

उनले अहिले प्रधानन्यायाधीशलाई दिईएको अधिकार कटौती भएको पनि बताए । उनले आफूहरुको आन्दोलन भद्र भएको जिकिर गरे । उनले प्रधानन्यायाधीश जबरा जति दिन पदमा बसिरहेपनि उनको नै खति हुने दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्