Logo

टाइगर कप भलिबलः पुलिसलाई हराउदै आर्मी फाइनल प्रवेश



काठमाडौं, ३० पुस । पोखरामा जारी दोस्रो संस्करणको टाइगर कप महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत शुक्रबारको खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ ।

आर्मीले महिलातर्फ समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल पुलिस क्लबलाई ३–१ सेटले हराएको हो ।यस जितसँगै आर्मी फाइनल प्रवेश गरेको छ ।

पहिलो सेट २१–२५ ले गुमाएको आर्मीले त्यसपछिको ३ सेट २५–१८,२५–२१ र २५–१३ ले आफ्नो पक्षमा पार्दै फाइन यात्रा तय गर्यो । आर्मीले ४ खेलमा ९ अंक जोडेको थियो ।

३ खेलमा ३ अंक मात्र जोडेको पुलिसको फाइनल पुग्ने सम्भावना सकिएको छ ।



प्रतिक्रिया दिनुहोस्