Logo

क्यानडामा खोप नलगाएका पिताले आफ्ना सन्तान भेट्न नपाउने



एजेन्सी, ३० पुस। कोरोनाविरुद्ध खोप नलगाएका पिताले आफ्ना सन्तान भेट्न नपाउने भएका छन्। खोप नलगाएका पितालाई भेट्नु सन्तानको रुचिविपरित भएको भन्दै पिताले आफ्ना सन्तानलाई भेट्न नपाउने भएका हुन्।छुट्टीको समयमा पिताले खोप नलगाएका कारण सन्तानलाई भेट्ने समय सारेको सार्यै गरेको र सोही कारण पिताले आफ्ना सन्तानलाई फेब्रुअरीसम्म भेट्न नपाउने भएको बीबीसीमा समाचार छ।

परिवारिक कानुन हेर्दै आएका त्यहाँका क्यानडाको क्युविक प्रान्तका अधिवक्ताहरुको समूहले सो निर्णय गरेको बताइएको छ। पिताले कोभिडविरुद्ध खोप नलगाउने निर्णय नगरेसम्म उनलाई आफ्ना सन्तान भेट्नबाट वञ्चित गराइने बताइएको छ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्