Logo

बतास अर्गनाईजेशनद्धारा सञ्चारमाध्यमहरुलाई धन्यवाद



काठमाडौं, ३० पुस । बतास अर्गनाईजेशनले नेपालका सञ्चारमाध्यमहरुलाई धन्यवाद ज्ञापन गरेको छ । अर्गनाइजेशनले आफ्नो संस्थाप्रति लक्षित सुनियोजित आक्रमणको सारथि बनेर ७ बुंदे प्रष्टिकरणको सार्वजनिक करणमा सहयोग गर्ने सबै सञ्चारमाध्यमहरुलाई कृतज्ञता व्यक्त गरेको हो ।

आज एक विज्ञप्ती जारी गर्दै अर्गनाइजेशनले बदनाम गर्ने उद्देश्यले उठाइएका सबै प्रश्नहरु बारे प्रतिक्रिया सार्वजनिक गरेपछि सबैलाई क्षणभरको लागि भ्रममा राख्न सकिन्छ तर सधैको लागि ढाट्न सकिदैन भन्ने तथ्य फेरी एक पटक स्थापित भएको जनाएको छ ।

विज्ञप्तीमा सत्यको पुनस्थापनामा आम सञ्चारमाध्यमले पुर्याएको योगदानको सधै अर्गनाइजेसन ऋणि रहने पनि उल्लेख गरिएको छ ।
संयम, धैर्यता, इमानदारिता नै सबै प्रकारका समस्याबाट बाहिर निस्कने शक्तिको स्रोत भएको अर्गनाइजेशनको ठहर छ ।



प्रतिक्रिया दिनुहोस्