Logo

एमाले महासचिव पोखरेललाई कोरोना संक्रमण



काठमाडौँ, ३० पुस। नेकपा (एमाले)का महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण भएको छ । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू कोभिडको तेस्रो लहरबाट अछुतो रहन नसकेको जनाएका छन् ।

‘कोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन । अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भो ।’, महासचिव पोखरेलले लेखेका छन् – ‘निर्धारित सबै कार्यक्रम स्थगित गरियो ।’



प्रतिक्रिया दिनुहोस्