Logo

नेपालका नर्स बेलायत पठाउने प्रक्रिया बारे आज छलफल हुँदै



काठमाडौं, ३० पुस । बेलायतमा नेपाली नर्स पठाउने सम्बन्धि दुई देशबीच पहिलो चरणको बैठक आज बस्ने भएको छ । बैठक आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा दिउँसो २ बजे बस्ने भएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र नेपालका लागि बेलायती दूताबासका प्रतिनिधीबीच नर्सहरु पठाउने प्रक्रिया, निर्देशिका आदिबारे छलफलका लागि बैठक पहिलो पटक बस्न लागेको हो ।



प्रतिक्रिया दिनुहोस्