Logo

टेनिसका विश्व नम्बर एक जोकोभिकको भीसा अष्ट्रेलियाद्वारा रद्द



एजेन्सी, ३० पौष । टेनिसका विश्व नम्बर एक नोभाक जोकोभिकलाई अष्ट्रेलियाले उनकै देश सर्विया फर्काउने भएको छ । उनको भीसा रद्दको निर्णय भएसँगै फर्काउने भएको हो ।

यसअघि भीसा रद्द गरेपनि अष्ट्रेलियाको अदालतले जोकोभिकको पक्षमा फैसला सुनाएपछि अध्यागमनको नियन्त्रणबाट मुक्त भएका थिए । उनले अष्ट्रेलियन ओपन टेनिस खेल्ने तय भएको थियो ।

दोस्रोपटक शुक्रबार भीसा रद्द भएपछि जोकोभिकको अष्ट्रेलियन ओपन खेल्ने सम्भावना कमजोर भएको छ । उनको विषयले एक हप्तायता सँसारभर प्रमुखता पाइरहेको छ । उनलाई चार रात होटलमै नियन्त्रणमा राखिएको थियो ।

कोरोना भाइरसको भ्याक्सिन नलगाई जोकोभिक अष्ट्रेलिया पुगेका थिए । अष्ट्रेलियामा भ्याक्सिन अनिवार्य गरिएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्