Logo

नुवाकोटका चिकित्सक मृत अवस्थामा फेला



काठमाडौँ, ३० पुस।नुवाकोटको विदुर नगरपालिका–१ स्थित ढुंगेमा एक चिकित्सक मृत अवस्थामा फेला परेका छन् । नुवाकोट घर भएका २६ वर्षीय डाक्टर शशांक पाण्डे मृत अवस्थामा भेटिएका छन् । गएराति १२ बजेतिर त्रिशुली बजारबाट बट्टार जाँदै गरेका पाण्डे चढेको मोटरसाइकल दुर्घटना परेको थियो ।

नुवाकोटका एसपी रामप्रकाश शाहका अनुसार उनी सञ्जीवनी पोलिक्लिनकमा कार्यरत थिए । शुक्रवार बिहान दुर्घटना भएको खबर पाएपछि उनलाई प्रहरीले त्रिशुली अस्पतालमा लगिएको थियो । उनको दुर्घटनाबारे र अनुसन्धान भइरहेको एसपी शाहले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्