Logo

प्रेम आले काठ तस्कर हुन्, आफू हीरो बन्न निजी क्षेत्रलाई तर्साउन खोजेः मंगल थापा (भिडियोसहित)



काठमाडौं, ३० पौष । अभियन्ता मंगल थापाले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले आफू हिरो बन्न निजी क्षेत्रलाई तर्साउन खोजेको आरोप लगाएका छन् । उनले आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री आले काठ तस्कर भएको आरोप लगाउँदै हिरो बन्न निजी क्षेत्रमा काम गर्नेलाई तर्साउन खोजेको बताएका हुन् ।

‘आफू हिरो बन्ने नाममा मुलुकमा आतंक फैलाउने र कर्ममा विश्वास गर्ने व्यक्तिहरुलाई जेल हाल्ने तर, भ्रष्टचारीलाई संरक्षण गर्ने यस्ता नालायक मन्त्रीलाई म चुनौति दिन चाहन्छु,’ मंगल थापाले भने,‘तपाई मैदानमा आउनुहोस् वैचारिक, राजनीतिक र हरेक हिसाबमा हामी तपाईंसँग लड्न तयार छौं ।’

उनले प्रेम आलेले अनावश्यक क्रियाकलाप गरेर पूर्व मन्त्री योगेश भट्टराईको राजनीतिक छवि बिगार्न खोजेको आरोप लगाए । ‘राम्रो छवि भएका योगेश भट्टराईलाई विवादमा ल्याउन खोजियो । आफु हीरो बन्ने नाममा राम्रो राजनीतिक छबि भएका भएका योगेश भट्टराईमाथि निराधार आरोप लगाएर विवादमा ल्याउन खोजियो,’ उनले भने ।

जनताको हितमा काम गर्ने मान्छेलाई सबैले सहयोग गर्नुपर्ने भन्दै बिना तथ्य मिडियामा वदनाम नगर्न आग्रह गरेका थिए । मन्त्री आलेलाई अवसरवादी नेताको संज्ञा दिदै वन मन्त्री हुँदा आलेले सुदुरपश्चिमका सामुदायिक वन फडानी गरेर ठूलो भ्रष्टचार गरेको आरोप लगाए । ‘एमालेमा रहँदा वन मन्त्री भएका आलेले ठूलो भष्टचार गरेका छन् । कैलाली, धनगढी जस्ता सुदुरपश्चिमका ९ वटा जिल्लामा रहेको सामुदायिक वन फडानी गरेर काठ तस्करमा जेल बसेका नेताले ठूला कुरा गरेर विकासवादी नेता भनेको देख्दा मलाई अचम्म लागेको छ,’ उनले भने ।

यस्तै, उनले काठ तस्करको रुपमा जेल बसेका नेताले नै आफूलाई लोकतान्त्रिक नेताको रुपमा अगाडी ल्याउन खोज्दा अचम्मित भएको टिप्पणी गरेका थिए । ‘म प्रेम आलेलाई चुनौती दिन चाहन्छु । मैले बोलेको कुरा गलत हो भने मलाई जेल हालेर देखाउनु होस,’ उनले भने । यस्तै, राज्यको मन्त्री जस्तो गरिमामय पदमा बसेर पदिय जिम्मेवारीको ख्याल नगरी जथाभावि बोलेर चर्चा कमाउन खोजेको उनको आरोप थियो । साथै, कार्यक्रमको अन्तिममा आक्रोशीत हुँदै उनले भने, ‘प्रेम आले काठ तस्कर, सुन तस्कर र भ्रष्टाचारी हो । नेपाली जनताको हित विपरित काम गर्ने दलाल हो ।’

 



प्रतिक्रिया दिनुहोस्