Logo

अनमोल र सुहाना अभिनित ‘ए मेरो हजुर ४’ टीजर लन्च



काठमाडौं, ३० पुस । सुनिल थापाले निर्माण गरेको फिल्म ‘ए मेरो हजुर ४’को शुक्रबार टीजर ट्रेलर रिलिज भएको छ । झरना थापा निर्देशित फिल्मको टीजर सार्वजनिक भएसँगै निर्माण टिमले आगामी बैशाख १ गते (अप्रिल १४) गते प्रदर्शन मिति घोषणा गर्ने भएको छ ।

टीजर ट्रेलर जम्मा १ मिनेट ४४ सेकेन्ड लामो छ । जसमा फिल्मका दुई मुख्य कलाकारहरु अनमोल केसी र सुहाना थापालाई देखाइएको छ । टीजरमा प्रेम, रोमान्स र बिछोडका तीन अवस्थालाई चित्रण गरिएको छ ।

टीजरमा शैलेश श्रेष्ठको ब्याकग्राउन्ड स्कोर र उत्तम न्यौपाने सीएएसको ध्वनी सुन्दा आनन्द आउछ । संजय लामाको छायांकन रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्