Logo

राजसंस्था र हिन्दुराष्ट्रको एजेन्डा बोकेको संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाको फागुनमा राष्ट्रिय सम्मेलन (भिडियोसहित)



काठमाडौं, ३० पौष । संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले राजसंस्था र हिन्दुराष्ट्रको मुद्दालाई सशक्त बनाउँदै फागुनमा राष्ट्रिय सम्मेलन गर्ने घोषणा गरेको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै मोर्चाले फागुन १८, १९ र २० मा राष्ट्रिय सम्मेलन गर्ने जानकारी दिएको हो ।

मोर्चाले अहिलेको व्यवस्थाले जनताको समस्या समाधान गर्न नसकेको भन्दै नेपालमा राजसंस्था र हिन्दुराष्ट्र अनिवार्य भएको तर्क गरेको छ । मोर्चाले पौष २७ गते ३००औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रपति विद्यादेवि भण्डारी देखि पुर्वराजा ज्ञानेन्द्र शाह उपस्थित भएर पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेकोमा धन्यवाद दिएको छ ।

कार्यक्रममा बोल्दै मोर्चाका अध्यक्ष तारानाथ लुइटेलले देशलाई जोगाउन हिन्दुराष्ट्र र राजसंस्था अनिवार्य भइसकेको बताए । उनले नारायणहिटीमा भट्टी पसल खोल्न दिएको टिप्पणी गर्दै सरकारको आलोचना गरे । १२ बुंदे सम्झौताको कारण आज मुलुकमा संकट आएको बताए । मुलुकको सहि दिशामा नहिडेर गलत बाटो हिडिरहेको उनको भनाइ थियो । नेतृत्वको लागि नेपाली जनताहरु सर्वोपरी हुनुपर्ने उनको भनाई थियो । उनले पृथ्वीनारायण शाहको ३०० औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस हर्षोल्लासको साथ मनाएको बताए । मुलुक धर्मनिरपेक्षता गएको कारण आज देशमा अशान्ती फैलिएको उनको भनाई थियो ।

२२ से २४ से राज्यलाई एकिकरण पृथ्वीनारायण शाहले नै नेपाल बनाएको उनले बताए । ३०० औं जन्मजयन्तीको अवसरमा पुर्वराजा ज्ञानेन्द्र शाह र राष्ट्रपति विद्या भण्डारीले सालिकमा माल्यार्पण गरेकोमा खुशी व्यक्त गरे । अहिलको व्यवस्थााको कारण नेपालीहरु विदेशिन परेको उनको भनाई थियो । जनताको समस्यालाई सरकारले केही गर्न नसकेको उनको भनाई थियो । उनले भने, ‘देश भ्रष्टाचारमा चुर्लम्म डुबेको छ ।’

संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाका राष्ट्रिय संयोजक शेखरजंग रायमाझीले पुस २७ गते पृथ्वीनारायण शाहको ३०० औं जन्म जयन्ती भव्य र सभ्यको साथ मनाइएको बताए । आफूहरुले पृथ्वी जयन्तीको अवसरमा राज्यलाई स–सम्मान सार्वजनिक विदा दिन माग गर्दा पनि सरकारले बिदा दिन नसकेकोमा आपत्ति प्रकट गरे । रायमाझीले राज्यले औपचारिक रुपमा बिदा नदिएपनि, दिवस नमनाएपनि विभिन्न स्थानिय निकायहरुले बिदा दिएर मनाएको स्मरण गराए । उनले पृथ्वीनारायण शाहको जन्म जयन्ती मनाउन आइदिएकोमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई धन्यवाद दिए । राज्यमा भएका परम्पराको उत्थान गर्नुपर्ने आफुहरुको माग रहेको उनले स्पष्ट पारे । देशभर उत्सवको साथ ३०० औं जन्मजयन्ती मनाइएको उनले जिकिर गरे । उनले आगामी वर्षमा सरकारले राष्ट्रिय एकता दिवसको दिन सार्वजनिक विदा दिएर उत्सव मनाउन आग्रह गरे ।

यसैगरी, राष्ट्रिय संयोजक शोभाराम थापाले आन्दोलनबाटै राजसंस्था र हिन्दुराज्य फर्काउन लागि आफूहरु लागि परेको बताए । निर्वाचनबाट राजसंस्था र हिन्दु राज्य फर्काउने केही दलहरुको दिवा सपनामात्र भएको उनले जिकिर गरे । राजतन्त्र फर्काउन जनतानै आन्दोलित हुनुपर्ने उनको भनाई थियो ।  पृथ्वीनारायण शाहको जन्मजयन्तीको दिन पौष २७ गते गोरखाबाटै आन्दोलन सुरु गर्न पुगेको उनले बताए । उनले भने, ‘पृथ्वीनारायण शाहको सालिकलाई माल्यार्पण गर्दै आन्दोलनको सुरुवात गरेका छौ । यसपटक शाहको जन्मजयन्ती उत्सवको साथ मनाइएको देशभर मनाइयो ।’

पहिलो पटक पूर्वराजा ज्ञानेन्द्र शाह आफ्नो पितृ सम्झेर पृथ्वी जयन्ती मनाउन आएको उनले सुनाए । जनतासँगै छु है भन्ने सन्देश दिन ज्ञानेन्द्र शाह राष्ट्रिय एकता दिवस मनाउन आएको उनको भनाई थियो । राजसंस्था र हिन्दुधर्म ब्युताउछौ भन्नेहरुले यसपटक पृथ्वी जयन्ती सार्वजनिक बिदा दिन नसकेकोमा उनले आपत्ति जनाए । उनले भने, ‘पृथ्वीनारायण जस्तो युगवादीको जन्म जयन्तीमा बिदा दिन नसक्ने तर म राजावादी छौ भन्ने नेताहरु प्रति धिक्कार छ ।

महामन्त्री पुष्प पराजुलीले अहिलेका राजनीतिक दल र नेतृत्वहरु देशबाहिरका शक्तिहरुबाट संचालित भएको बताए । नेताहरु नेपाली जनताप्रति नभई विदेशी शक्तिहरुलाई खुशी बनाउन लागेको जिकिर गरे । संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले यसको भण्डारफोर गर्ने बताए । देशमा अहिले चरम भ्रष्टाचार भएको भन्दै उनले न्याय दिने सर्वोच्च अदालतमा पनि भ्रष्टाचार नरोकिएको बताए । त्यसको बारेमा राज्यले जवाफ दिनु पर्नेमा जोड दिए । मुलुकको भ्रष्टाचारको नायक प्रधानमन्त्री शेरबहादुर देउवा भएको आरोप लगाए । राजनीतिक दल र नेताहरु नेपाली जनतालाई कसरी खुशी राख्ने भन्ने नभई कसरी भ्रष्टाचार गर्न सकिन्छ त्यसबारेमा बढी चिन्तित भएको उनको भनाई थियो । उनले भने, ‘प्रधानन्यायाधीशहरुले प्रधानमन्त्रीलाई नियुक्त गरको अवस्था छ । भ्रष्टाचारलाई प्रश्रय दिने काम नेतृत्वले नै गरिराखेको छ ।’ सबै नेताको सम्पत्ति छानबिन गर्न समेत पराजुलीले माग गरे । उनले भने, ‘सबै नेताको अबिलम्ब सम्पत्ति छानबिन गरिनुपर्छ । प्रधानमन्त्री, राष्ट्रपति, केपी शर्मा ओली लगायत सबैको ।’ पृथ्वीनारायण शाहको जन्मजयन्तीमा बिदा नदिने सरकारलाई चुनौति दिँदै स्थानिय तहले बिदा दिएको भन्दै पराजुलीले धन्यवाद दिए । उनले माघ १६ गते शहिद दिवसको अवसरमा कार्यक्रम गरि मोर्चाले मनाउने पनि जानकारी दिए । मोर्चाको फागुन १८,१९,२० गते राष्ट्रिय सम्मेलन गर्ने पनि बताए ।

त्यस्तै, मोर्चाका बरिष्ठ उपाध्यक्ष श्रीराम कंडेलले नेपाल बुद्ध, जानकी, पशुपति जस्ता भगवान र धर्मको भुमि भएको बताए । उनले पृथ्वीनारायण शाहकोे योगदानको व्याख्या गर्दै टुक्रा–टुक्रा राज्यलाई एकिकरण गरेर एउटा राज्यको निर्माण गरेको भन्दै उनको योगदानको स्मरण गराए । उनले भने, ‘नेपाल धर्म, सस्कृतिको भुमि हो भन्दै कोहि पश्चिम र कोही पुर्वको दलालहरुले गाणतन्त्रको नाममा मुलुकलाई खेलौना बनाएका छन् । संघियता र गणतन्त्रले १७ वर्षमा निम्त्याएको समस्याको एकदिन हिसाब किताब गर्नेछन् ।’
राजसंस्था र हिन्दुराज्यको कारण देशको विकास रोकिएको भन्दै राजनीतिक दलहरुको गतल बुझाइले गर्दा आज देशको अवस्था बिग्रदै गर्दै आएको उनले बताए । देशमा भ्रष्टाचारीहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको भन्दै भ्रष्टाचार अन्त्यको लागि राष्ट्रवादी शक्तिहरु एक हुनुपर्नेमा जोड दिए ।

हिन्दु राज्य सहितको राजसंस्था चाहिन्छ भन्ने संस्थाहरुसँग एकता गर्न राष्ट्रवादी शक्तिहरु तप्तर हुनुपर्ने उनको भनाई थियो । सबै शक्तिहरु राजसंस्था चाहिन्छ भन्नेहरु अब एकाकार भएर जनताहरुलाई म्यासेज लिएर जान पर्ने उनले धारणा राखे । उनले भने, ‘राजनीतिक दलहरुले देशलाई सकाउँछन भन्दै राष्ट्रवादी शक्ति एक भएर जनतासमक्ष जानुपर्ने दिन आयो ।’

कार्यक्रममा बोल्दै मोर्चाका सह–अध्यक्ष विष्णु भट्टराईले सम्प्रभु सम्पन्न नेपाली जनताहरु माझ पुग्नका लागि आजको कार्यक्रमको आयोजना गरेको बताए । राजनीतिक दलहरुले भारतको स्वतन्त्रता दिवस नेपालले मनाउदै गर्दा नेपाल बनाउने राष्ट्रपितालाई बिर्सदै गएको आरोप लगाए ।

युवाहरुको प्रतिनिधित्व गर्दै मोर्चाका सदस्य मनोज सापकोटाले विगत १ वर्षदेखि पर्ख र हेरको अवस्था आफु बसेको बताउँदै उक्त अवधिमा राष्ट्रवादी शक्तिहरुको एकता हुन नसकेको बताए । राजासंस्थाप्रति चिन्ता गर्ने संयुक्त आन्दोलन मोर्चा मात्र देखिएको उनको भनाई थियो । ०४६÷४७ सालपछि अहिलेसम्म भएका बलात्कार, हत्या जस्ता घटनाले देशमा चरम सिमा नाघेको उनले आरोप लगाए । नेपाली जनताको गाली अहिले नेताहरुलाई आशिर्वाद भइरहेको सुनाए । उनले संगठनले जिम्मेवारी दिएमा अहिलेको नेताहरुको जगस्थानमा गएर भण्डारफोर गर्न आफु तयार भएको स्पष्ट पारे ।

हिन्दुपरिषद नेपालका अध्यक्ष सन्तोष पटेलले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाईसम्मान नगर्नेहरु विदेशीको एजेन्ट भएको आरोप लगाए । उनले भने, ‘जो यो देशमा बस्छ, सबैले उहाँको सम्मान गर्नैपर्छ ।’ उनले एमसीसी सम्झौताले नेपालीलाई दास बनाउने जिकिर गरे ।

 



प्रतिक्रिया दिनुहोस्