Logo

नोबेल मेडिकल कलेजका सञ्चालक शर्मालाई विद्यार्थीले लगाए कालोमोसो



विराटनगर, २९ पुस । नोबेल मेडिकल कलेजका विद्याथीहरुले सञ्चालक सुनिल शर्मालाई कालोमोसो दलेका छन् । एमिबिएस विद्यार्थीको माग सम्बोधन गर्न चासो नदिएपछि आन्दोलित विद्यार्थीहरुले सञ्चालक शर्मालाई शुक्रबार कालोमोसो दलेका हुन् ।

एमबीबीएस पढ्ने विद्यार्थीसँग अतिरिक्त शुल्क कलेजले मागेको विरोधमा विद्यार्थी संगठन र एमबीबीएस अध्ययनरत विद्यार्थीले यसअघि विराटनगरमा चक्काजाम समेत गरेका थिए । विद्यार्थीहरूले निरन्तर प्रदर्शन गरिरहेका छन् । कलेजले पनि यसअघि अतिरिक्त शुल्क नबुझाउने एमबीबीएसका विद्यार्थीलाई कक्षा प्रवेशमा रोक लगाएको थियो ।

 



प्रतिक्रिया दिनुहोस्