Logo

कोरोना नियन्त्रणको लागि एक्शनमा उत्रिन मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन, घरघरमा पुगेर भएपनि खोप लगाउन आग्रह



काठमाडौं, ३० पुष । कोरोनाको तेस्रो लहर नेपालमा पनि देखिन थालेको र दिन प्रतिदिन संक्रमितको संख्या बढ्न थालेपछि सरकारले नियन्त्रण तथा रोकथामको लागि आवश्यक पहल गर्ने निर्णय लिएको छ ।

आज बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना नियन्त्रणको लागि सरकार गम्भीर भैरहेको तर यतिले मात्रै नपुग्ने भन्दै सबै मन्त्रीहरुलाई एक्शनमा उत्रिन निर्देशन दिएका छन् ।

उनले सुरुमा पछिल्लो अवस्थाबारे ब्रिफिङ लिएका थिए । प्रधानमन्त्री देउवाले मन्त्रीहरु नै संक्रमित हुनु राम्रो नभएको भन्दै आवश्यक सावधानी अपनाउनपनि निर्देशन दिएको बुझिएको छ ।

प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै एक मन्त्रीले भने, हेर्नुहोस, मन्त्रीहरु संक्रमित हुनु राम्रो भएन । हामी कोरोना नियन्त्रणको लागि गम्भीर हुन आवश्यक छ । सबैर्ला खोप लगाउने व्यवस्था गरौं ।

बरु, घरघरमा गएर खोप लगाउनुपरे पनि त्यो पनि गरौं । मन्त्रिपरिषद् बैठकमा स्थानीय तहको निर्वाचनको तयारीबारे पनि छलफल भएको छ । file photo



प्रतिक्रिया दिनुहोस्