Logo

हिमालयन बैंकको साधारण सभा, नेपाल इन्भेष्टमेन्ट बैंकसँगको मर्जसम्बन्धी विशेष प्रस्ताव अस्वीकृत



काठमाडौं, ३० पुष । हिमालयन बैंकको साधारणसभाले नेपाल इन्भेष्टमेन्ट बैंकसँग हुन लागेको मर्ज सम्बन्धी विशेष प्रस्ताव अस्वीकृत गरेको छ । उपस्थित शेयरधनीमध्ये ७५ प्रतिशत शेयरको प्रतिनिधित्व गर्ने शेयरधनीले प्रस्तावको पक्षमा मत दिएमा मात्र सो प्रस्ताव स्वीकृत भएको मानिने व्यवस्था भएकोमा आवश्यक मत नपुगेको कारण अस्वीकृत भएको बैंकले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ।

त्यस्तै, बैंकले शेयरधनीलाई २६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ। बैंकको २९ औं वार्षिक साधारणसभाले २१.३८ प्रतिशत बोनस शेयर र ४।६२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो। बैंकका अनुसार विशेष प्रस्ताव अन्तर्गत मर्जरको पक्षमा ४३.६३ प्रतिशत विपक्षमा ४२.२९ प्रतिशत र १४.०९ प्रतित मत नहाल्ने रहेका थिए।

बैंकको निक्षेप अघिल्लो वर्षको तुलनामा १३.२९ प्रतिशतले बढेर १ खर्ब ४९ अर्ब पुगेको तथा कर्जा सापटी २३.८३ प्रतिशतले बढी १ खर्ब ३२ अर्ब पुगेको जारी बिज्ञप्तीमा उल्लेख छ। हाल बैंकले देशभर ७४ शाखा, ५ बिस्तारित काउन्टर, एकसय ४८ एटिएम र पाँचहजारभन्दा बढी पिओएस टर्मिनलहरुबाट बैकिङ सेवा दिँदै आएको जनाएको छ।



प्रतिक्रिया दिनुहोस्