Logo

‘ए’ डिभिजन लिगः आज फ्रेन्ड्स र आर्मी तथा थ्री स्टार र संकटा भिड्ने



काठमाडौं, १ माघ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज (शनिबार) दुई खेलहरु हुँदैछन् ।

दुबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन् ।

पहिलो खेलमा फ्रेन्ड्स क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ ।

८ खेलमा ३ अंक जोडेको फ्रेन्ड्स पुछारमा रहेको छ भने आर्मीले ८ खेलमा १४ अंक जोड्दै चौंथो स्थानमा रहेको छ ।

यस्तै दोस्रो खेलमा थ्री स्टार र संकटा क्लब भिड्ने छन् । खेल साझँ ४ः४५ बजे सुरु हुनेछ।

थ्री स्टार ८ खेलमा १३ अंक जोडेर पाँचौं स्थानमा रहेको छ भने संकटा ८ खेलमा १४ अंकका साथ तेस्रो स्थानमा छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot