Logo

भारतमा ओमिक्रोन संक्रमितको संख्या ६ हजार नाघ्यो



एजेन्सी, १ माघ। भारतमा पछिल्लो २४ घण्टामा २ लाख ६८ हजार जना कोरोना संक्रमित थपिएका छन्। ती मध्ये ६ हजार बढीमा ओमिक्रोन संक्रमण देखिएको छ। शुक्रबारको तुलनामा शनिबार भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या बढेको भारतीय संचारमाध्यहरुमा समाचार छ। यस्तै भारतमा पछिल्लो २४ घण्टामा १ लाख २२ हजार ६ सय ८४ जना संक्रमित निको भएका छन्।

भारतमा अहिले सक्रिय संक्रमितको संख्या १४ लाख १७ हजार ८ सय २० पुगेको छ। शुक्रबार भारतका विभिन्न राज्यहरुमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका ६ हजार ४१ जना संक्रमित थपिएका छन्। भारतको महाराष्ट्रमा सवै भन्दा बढी कोरोना संक्रमित देखिएका छन्।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot