Logo

टाइगर कप भलिबलको महिलातर्फको उपाधि एपीएफलाई



काठमाडौं, १ माघ । दोस्रो संस्करणको टाइगर कप महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फको उपाधि एपीएफले जितेको छ ।

पोखरा रंगशालामा आज (शनिबार) भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३–० को सेटमा हराउँदै एपीएफले उपाधि जितेको हो ।

उपाधि जित्ने क्रममा एपीएफले आर्मीलाई २५–२३, २५–१५ र २५–२०को सेटमा हराएको हो ।

एपीएफले उपाधि जितेसँगै ३ लाख प्राप्त गरेको छ भने उपविजेता आर्मीले १ लाख ५० हजार प्राप्त गरेको छ ।

पुरुषको फाइनलमा त्रिभुवन आर्मी क्लब र हेल्प नेपालबीच प्रतिस्पर्धा हुनेछ । खेल आज (शनिबार) दिउँसो १२ः३० बजे सुरु हुनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot