Logo

सामाजिक र साँस्कृतिक, एकता कायम गर्न माघी पर्वले प्रेरणा प्रदान गरोस् : मुख्यमन्त्री भट्ट



कञ्चनपुर, १ माघ: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले माघी(माघे सङ्क्रान्ति) पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रदेशवासीमा सामाजिक र साँस्कृतिक एकता कायम गर्ने, पारिवारिक सम्बन्ध सुमधुर बनाउनमा सघाउ पु¥याउने प्रेरणा प्रदान गरोस् भन्ने कामना व्यक्त गरेका छन् ।

कोभिड–१९ को ओमिक्रोन नामको नयाँ भेरियन्टको सङ्क्रमण तीव्र गतिमा फैलिरहेका कारण सहजरुपमा चाडपर्व मनाउने परिस्थिति नरहेको यस अवस्थामा सरकारले तोकेका स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाइ सावधानीका साथ पर्व मनाउन उनले आग्रह गरेका छन् । स्वदेश तथा विदेशमा रहेका प्रदेशवासीलाई मुख्यमन्त्री भट्टले सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको कामनासमेत व्यक्त गरेका छन् ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्