Logo

योगेश भट्टाईमाथि मन्त्री प्रेम आलेले लगाए दर्जनौं गम्भीर आरोप, मन्त्री हुनुअघि एक करोड मागेको पनि खुलासा (भिडिओसहित)



काठमाडौं, १ माघ । संस्कृति, पर्यटन तथा नगारिक उड्ययनमन्त्री प्रेम आलेले योगेश भट्टराईमाथि दर्जन बढि आरोप लगाएका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले योगेशले मन्त्री हुन्छु भनेर त्यो भन्दा पहिले दरबारमार्गको एक होटलसँग एक करोड रुपैयाँ लिएको पनि आफूकहाँ कुरा आईपुगेको बताएका छन् ।

उनले भने, मैले सुनेअनुसार दरबारमार्गमा एउटा होटल छ, त्यो होटलभित्रपनि उहाँले चुनावको बेलामा म अब पर्यटनमन्त्री हुन्छु ल मलाई एक करोड ल्याउ भनेर पैसापनि माग्नुभएको छ उहाँले । त्यो कुरा पनि मकहाँ आएको छ । पर्यटनमन्त्री म हुन्छु अनि तपाईँहरुको काम म गरिदिन्छु भनेर भन्नुभएको थियो अरे ।

उनले योगेश भट्टराईसँग अहिले चूनौति दिने हैसियत नै नभएको पनि आरोप लगाए । उनले भने, के नाकले उहाँले मलाई चूनौति दिनुहुन्छ, के म उहाँको कार्यकर्ता हो र ? यी जम्मै मैले तथ्य, सत्य सबै राखिदिएको छु त । चाटर्ड फ्लाईटमा कमिशनको धन्दा भएको छ। उहाँले मलाई के चूनौति दिने ? त्यो चूनौति दिने हैसियत छ र ?”



प्रतिक्रिया दिनुहोस्