Logo

योगेश भट्टराई त हतियार र खरखजानाको तस्करी गर्नुहुन्थ्यो, त्यही गरेर काठमाडौंमा घर बनाउनुभएको छ : मन्त्री प्रेम आले (भिडिओसहित)



काठमाडौं, १ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आलेले पूर्व पर्यटनमन्त्री एवम् नेकपा (एमाले) का सचिव योगेश भट्टराईमाथि द्धन्द्धकालमा हतियार तथा खरखजानाको दुई नम्बरी गरेको गम्भीर आरोप लगाएका छन् ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

उनले भने,”उहाँ (योगेश) को बारेमा मैले सुनेको छु, तपाईँलाई थाहा छ, जुनबेलामा द्धन्द्ध चर्किरहेको थियो, माओवादी साथीहरु भूमिगत हुनुन्थ्यो, माओवादी र सेनाबीच वार भैराखेको थियो, त्यो बेलामा उहाँ खरखजानासहित उहाँ दुई नम्बर गर्नुहुन्थ्यो । उहाँ त ताप्लेजुङबाट लुरुलुरु काठमाडौं आएको त हो नि । त्यही खरखजना बेचेर उहाँले काठमाडौंमा घर बनाउनुभएको छ, ऋषिजी । त्यो पनि सोध्नुन उहाँलाई एकचोटी ।उहाँ त हतियार, खरखजानाको तस्करी गर्नुहुन्थ्यो ।”



प्रतिक्रिया दिनुहोस्