Logo

प्रधामन्त्री कपः बागमती सेमिफाइनल प्रवेश



काठमाडौं, १ माघ । प्रधानमन्त्री कप टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा बागमती प्रदेश सेमिफाइनलमा प्रवेश गरेको छ।

टियु क्रिकेट मैदानमा आज (शनिबार) गण्डकी प्रदेशलाई ४० रनले हराउँदै बागमती सेमिफाइनल प्रवेश गरेको हो ।

बागमतीले दिएको १ सय ४४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको गण्डकीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३ रन मात्र बनाउन सक्यो ।

गण्डकीका कमल परियारले सर्वाधिक ११ रन जोडे भने विधान श्रेष्ठ, दिपक डुम्रे,सन्दीप क्षेत्री, गोविन्द बिक र विशाल पौडेलले समान १० रन बनाए ।

बागमतीका लागि नन्दन यादव, विपिन आचार्य र सुबाश खत्रीले २÷२ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको बागमतीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन बनाएको थियो ।

बागमतीका लागि विपिन आचार्यले सर्वाधिक ३० रनको योगदान गरे । प्रतिष जिसी र सुबाश खकुरेलले समान २७ रन जोडे ।

कप्तान ज्ञानेन्द्र मल्ल ४ रनमा पविलियन फर्किए ।

गण्डकीका विशाल पौडेल र कृष्ण पौडेलले समान २÷२ विकेट लिए भने अशोक श्रेष्ठ, सुबाश भण्डारी र कमल परियारले १÷१ विकेट लिए ।

यस जितसँगै समूह बी मा रहेको बागमती ६ अंक जोड्दै समूहको उपविजेता बन्दै अन्तिम चारमा पुगेको छ ।

गण्डकी ३ खेलमा अंक विहीन रहेको छ ।



प्रतिक्रिया दिनुहोस्