Logo

काठमाडौंमा यसरी मनाईयो माघे सक्रान्ति (फोटोफिचर)



काठमाडौं, १ माघ । आज माघे संक्रान्ति । यसलाई माघी पर्वपनि भनिन्छ । माघी थारु समूदायको मुख्य पर्व हो । उनीहरूले माघी पर्वलाई नयाँ वर्षको रुपमा धुमधामसंग मनाउने गर्दछन् । नयाँ काम गर्न, विवाह गर्न, अंशबन्डालगायतका कामको सुरुवात गर्ने शुभसाईतको रुपमा पनि उनीहरुले यो पर्वलाई लिने गरेका छन् ।

माघीमा आज काठमाडौंमा धुमधामसँग कार्यक्रम गरेर मनाईएको छ । चहलपहल केहि देखिए पनि तर पहिलाको जस्तो रौनक भने नहुने थारूका पुराना पुस्ताहरूको अनुभव छ ।

अहिलेका पुस्ताले आफ्नो कला, संस्कृति र संस्कार भुल्दै गएकोमा आफ्नो संस्कृति लोप हुने चिन्ता पनि छ उनीहरुलाई । माघी पर्वमा गाइने र नाचिने नाच पनि लोप हुँदै गएको उनीहरूको बुझाइ छ । कोरोना महामारीका कारण अहिले ठूलो संख्यामा भेला भएर कुनै पनि कार्यक्रम गर्न पाईँदैन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

 



प्रतिक्रिया दिनुहोस्