Logo

प्रधानमन्त्री देउवा गठबन्धन तोड्ने तयारीमा, बैशाखमै संसद्को चुनाव गराउने



काठमाडौं, १ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा पाँच दलीय गठबन्धन तोड्ने तयारीमा छन् । अमेरिकी सहयोग सम्झौता (एमसीसी) को कारण पाँच दलीय गठबन्धनमा खटपट सुरु भएको समाचार आईरहेको बेला प्रधानमन्त्री देउवाले पनि त्यस्तै तयारी थालेको बुझिएको छ ।

प्रधानमन्त्री देउवाले पार्टीभित्रका आफूनिकट नेताहरुसँग पनि गठबन्धन तोड्नेबारे छलफल गरेका छन् । कांग्रेसका एक नेताकाअनुसार एमसीसीका कारण गठबन्धन लामो समयसम्म जान नसक्ने निश्कर्षमा प्रधानमन्त्री देउवा स्वयम पुगेका छन् । प्रधानमन्त्री देउवाले बैशाखमा स्थानीय तहको निर्वाचनको तयारी पनि गरिरहेका छन् ।

तर, स्थानीय तहको निर्वाचनअघि नै प्रधानमन्त्री देउवाले संसद्को निर्वाचन गराउन खोजेका छन ्। उनले अब संसद्को निर्वाचनको तयारीमा जुट्नसमेत पार्टीका नेताहरुलाई भनिसकेका छन् । एमसीसी पास गराउनको लागि सत्तारुढ दलभित्रै एकरुपता नभएकोले प्रधानमन्त्री देउवाले गठबन्धन तोडेर जाने निश्कर्ष निकालेका हुन् ।

तर, सत्तारुढ दलका नेताहरु पुष्पकमल दाहाल र माधव कुमार नेपालले भने पछिल्लो सार्वजनिक कार्यक्रममा एमसीसीकै कारण गठबन्धन नटुट्ने र आगामी निर्वाचनसम्म नै गठबन्धन कायम रहने बताउँदै आएका छन् । कांग्रेसका शीर्ष नेताहरुले अबको निर्वाचनमा कसैसँग पनि गठबन्धन नगर्ने बरु एक्लै लड्ने बताउन थालेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्