Logo

चीनका लागि बेलायतमा जासुको आरोप लागेकी क्रिस्टाइन ली को हुन् ?



एजेन्सी, १ माघ । चीनका लागि बेलायतमा जासुस गरेको आरोप लागेकी क्रिस्टिन चिङ क्वी ली चर्चामा छिन् । चिनियाँ मूलकी उनी बेलायतकी नागरिक हुन् ।

ली क्रिस्टिन ली एण्ड कम्पनी नाक ल फमकी संस्थापक हुन् । यसको कार्यालय लन्डन र बर्मिङगमा छ । यो ल फम बेलायतका लागि चिनियाँ राजदूतावासको कानूनी सल्लाहको भूमिका समेत निर्वाह गर्छ ।

हङकङका बाबुआमाकी छोरी ली उनीहरुसँगै बेलायत पसेकी थिइन् । उनका आमाबाबुको चिनियाँ रेष्टुरेन्ट थिए । सन् १९७४ मा उनी आमाबाबुसहित उत्तरी आइरल्यान्ड पुगेकी थिइन् । २१ वर्षमा उनले विवाह गरेकी थिइन् । त्यसको पाँच वर्षपछि मार्टिन विल्किससँग विवाह गरिन् । उनीहरुबाट दुई सन्तान छन् । ७१ वर्षीय विल्किसले लीका पाँच कम्पनीको निर्देशकका रुपमा भूमिका निभाउने गरेका छन् ।

लीको बेलायतका उच्च राजनीतिज्ञसँग व्यक्तिगत सम्बन्ध छ । बेलायतकी तत्कालीन प्रधानमन्त्री थेरासा मेले सन् २०१९ मा लीलाई चीन बेलायत सहयोग र सम्बन्धमा सहयोगी भूमिका खेलेकोमा बधाई दिएकी थिइन् । उनले बेलायतका तत्कालीन प्रधानमन्त्री डेभिड क्यामरुनसँग पनि तस्बिर खिचेको सार्वजनिक भएको छ ।

लीको ल फमले लेबोर पार्टीका सांसद बेरी गार्डिनरको कार्याल्यलाई झण्डै ६ लाख डलर चन्दा दिएको रेकर्ड छ ।

बेलायतको संसदमा चिनियाँ एजेन्टको घूसपैठ भएको भन्दै बेलायतको गुप्तचर निकाय एमआइ ५ ले यसबारे चेतावनीसहितको जानकारी गराएको छ । यसमा क्रिस्टिन लीलाई मुछिएको छ ।

सांसदहरुलाई चन्दाबाट प्रभावित बनाएको विषय चर्चामा छ । लिबरल डेमोक्रयाटिकका नेता सर इड डेभीले ५ हजार डोनेशन लिएको खुलाइएको छ । तर, उनले आफ्नो स्थानीय संस्थाले लिएको जवाफ दिएका छन् ।

यसैगरी, क्रिस्टिन लीले चीनका लागि जासुसी गरेको आरोप लागेपछि चिनियाँ पक्षले पनि बोलेको छ । चीनको विदेश मामलासम्बन्धी धारणा आउने गरेको ग्लोबल टाइम्सले सम्पादकीय नै लेखेर आलोचना गरेको छ । जासुसीसम्बन्धी चलचित्र जेम्स बन्ड शैलीमा बेलायतको गुप्तचर निकाय प्रभावित हुनेगरेको र अमेरिकाको हितमा काम गरेको आरोप लगाएको छ । बेलायतको गुप्तचर निकाय एमआइ ५ अमेरिकी गुप्चर निकाय सीआइए जस्तै भएको ग्लोबल टाइम्सको टिप्पणी छ ।

बेलायतमा चीनविरोधी राजनीतिक गतिविधि गराउन खोजिएको आरोप लगाइएको छ । क्रिस्टिन लीलाई फिर्ता गर्नुपर्ने विषयमा ग्लोबल टाइम्सले उनी बेलायतकै नागरिक भएको उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्