Logo

नोवेल मेडिकल कलेज : आन्दोलनरत विद्यार्थी र प्रशासनबीच सहमति



काठमाडौं, १ माघ । नोवेल मेडिकल कलेज र आन्दोलनरत विद्यार्थीहरुबीच सहमति भएको छ । विभिन्न माग राखी आन्दोलनमा उत्रिएका विद्यार्थीहरुसँग कलेज प्रशासनले आज सहमति गरेको छ।

कलेजका कार्यकारी अध्यक्ष सुनिलकुमार शर्माका अनुसार आज भएको सहमतिसँगै आन्दोलन स्थगित् भएको छ । र, विद्यार्थीहरु अघि सारेका मागमा होस्टेल शुल्क १२ हजारबाट घटाएर दश हजारमा झारिएको छ ।

सहमतिपत्रमा कलेज प्रशासनको तर्फबाट प्रा.डा. राम हरी घिमिरे (प्राचार्य), श्री नारायण प्रसाद दाहाल (जनसम्पर्क अधिकृत) र विद्यार्थीहरुको तर्फबाट र अभिभावकको तर्फबाट वीरेन्द्रकुमार , राजेन्द्र बहादुर थापा, रामकुमार भट्टराईले हस्ताक्षर गरेका छन्। त्यस्तै, साक्षीमा भने डा. केपी शर्मा (सल्लाहकार) रहेको जनाईएको छ ।

NOTE: यसअघि नोवेल मेडिकल कलेज हुनुपर्नेमा काठमाडौं मेडिकल कलेज हुन गएकोमा सच्याईएको छ। धन्यवाद । 



प्रतिक्रिया दिनुहोस्