Logo

कोहलीद्वारा टेस्ट टिमको कप्तानी छाड्ने घोषणा



काठमाडौं, २ माघ । भारतीय ब्याट्म्यान विराट कोहलीले भारतको टेस्ट टिमको कप्तानी छाड्ने घोषणा गरेका छन् ।

उनले शनिबार सामाजिक संजाल मार्फत यस्तो घोषणा गरेका हुन् ।

३३ वर्षीय कोहलीले टी–२० र एकदिवसीयको कप्तानी यस अघि नै छाडिसकेका छन् ।

भारतका लागि कोहलीले ६८ टेस्टमा कप्तानी गरे जसमा ४० खेलमा जित निकालेका थिए ।

दक्षिण अफ्रिका विरुद्धको टेस्ट शृंखलामा भारतले २–१ को पराजय भोगेपछि कोहलीले कप्तानी छाड्ने निर्णय गरेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot