Logo

यस्ताे छ आज सुनचाँदीकाे बजार भाउ



काठमाडौं, २ माघ : नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार छापावाल सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा काराेबार भइरहेकाे जनाएकाे छ ।

यसैगरी, तेजावी सुन तोलाको ९१ हजार ९०० रुपैयाँ निर्धारण भएको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ प्रतितोला एक हजार ५० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला एक हजार ६० रुपैयाँमा कारोबार भएको थियो ।



प्रतिक्रिया दिनुहोस्