Logo

नेपाल-भारत सम्बन्ध राम्रो छ, सिमा विवादको लागि नेपालले आफ्नो संयन्त्र सक्रिय बनाउनुपर्छ ः डा. पाण्डे (भिडिओसहित)



काठमाडौं, २ माघ । परराष्ट्रविद् डा. निश्चलनाथ पाण्डेले नेपाल र भारतबीचको सम्बन्ध सुमधुर र राम्रो रहेको टिप्पणी गरेका छन् । उनले सिमा विवाद पनि छिमेकीसँग हुने पनि सुनाए ।

उनले सिमा विवाद लगायतका समस्या समाधानको लागि नेपालले आफ्नो संयन्त्रहरुलाई सक्रिय बनाउनुपर्नेमा जोड दिए । उनले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमी नै रहेको दाबी गरे ।

तर, नेपाल कुटनीतिक रुपमा भने चुकेको उनको गुनासो थियो । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।



प्रतिक्रिया दिनुहोस्