Logo

बतास समूहले सञ्चालन गरेको ‘नेपाल–भारत मैत्री धर्मशाला’ निरीक्षण गर्न पुगे मन्त्री आले (फोटोफिचर)



काठमाडौं, २ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले बतास अर्गनाइजेशनबाट सञ्चालित पशुपति धर्मशालाको निरीक्षण गर्न पुगेका छन् । धर्मशाला भाडामा लिएर महँगो होटल चलाएको भन्दै बतास समूहको आलोचना भएपछि मन्त्री आले आज (आईतबार) बिहान निरीक्षणमा पुगेका हुन्।

सो क्रममा संक्षिप्त कुराकानी गर्दै मन्त्री आलेले महँगो भाडा लिएर होटल सञ्चालन भएको भन्ने कुरा आएपछि आफू यस विषयमा सत्यतथ्य बुझ्न आफैं धर्मशाला आएको स्पष्ट पारे । सबै कुरा बुझिसकेपछिमात्रै आफूले आवश्यक निर्णय लिने उनको भनाई छ ।

बतास समूहले पशुपति क्षेत्र विकास कोषसँग सम्झौता गरेर १९ रोपनी जग्गा र त्यसमा फैलिएको ३४ करोड लागतको ८८ कोठे धर्मशाला होटल भाडामा लिएको छ । भारत सरकारको सहयोगमा बनेको ‘नेपाल–भारत मैत्री धर्मशाला’मा अहिले बतास समूहले ‘होटल आनन्द’ चलाइरहेको छ, जहाँ बस्नेले खानाबाहेक एउटा कोठाको करीब ७ हजार रुपैयाँसम्म तिर्नुपर्छ भन्ने कुरा बाहिर आएको छ। तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्