Logo

रुबीभ्याली पहिरोमा पुरिएकामध्ये एकको शव भेटियो, दुई अझै बेपत्ता



काठमाडौँ, २ माघ। धादिङको रुबीभ्याली गाउँपालिका- १ मा बाटो खन्ने क्रममा पहिरो खस्दा डोजरसहित बेपत्ता भएकामध्ये एकजनाको शव भेटिएको छ। जिल्ला प्रहरी कार्यालय धादिङले एकजनाको शव भेटिएको जनाएको छ।

प्रहरीका अनुसार डोजर सहचालक काभ्रेका १९ वर्षीय राजु तामाङको शव फेला परेको हो।अन्य दुईजनाको अवस्था भने अज्ञात छ। पुस २९ गते बिहान साँढे ८ बजेतिर बाटो खन्ने क्रममा माथिबाट सुख्खा पहिरो खस्दा डोजरसहित तीनजना बेपत्ता भएका थिए। बेपत्ताहरुको खोजि भइरहेको प्रहरीले बताएको छ।



प्रतिक्रिया दिनुहोस्