Logo

राजश्व नतिरिकनै विदेश हिँड्न लागेका अमेरिकी नागरिक विमानस्थलबाट पक्राउ



काठमाडौं, २ पुस । राजश्व नतिरिकनै विदेश हिँड्न लागेका अमेरिकी नागरिकलाई प्रहरीले विमानस्थलबाट पक्राउ गरेको छ । चौबिसै घण्टा जुवा खेलाएर अरबौं उठाउने राजश्व नबुझाउने अमेरिकी नागरिकलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समन्वयमा प्रहरीले पक्राउ गरेको हो ।

ती माइकले भैरहवाको टाइगर प्यालेस रिसोर्टमा दुई वटा क्यासिनो सञ्चालन गर्दै आएका छन् । उनले बुझाउनुपर्ने कर नबुझाएपछि समातिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयको अनुसार माइकले सरकारलाई १३ करोड रुपैयाँ तिर्न बाँकी छ । देशभर रहेका १० वटामध्ये ८ वटा क्यासिनोले राजश्व बुझाएका छन् । नबुझाउनेको लाइसेन्स जफत गर्ने राजश्वले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot