Logo

राष्ट्रियसभा बैठक स्थगित



काठमाडौँ, २ माघ। भोलि (सोमबार) माघ ३ गतेका लागि बोलाइएको राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

संघीय संसदका महासचिव डा.भरत गौतमले आज (आइतबार) सूचना जारी गर्दै माघ ३ गते सोमबार १ बजे बस्ने गरी निर्धारण गरिएको राष्ट्रियसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जनाएका हुन् । महासचिव गौतमले विशेष कारणबस बैठक बस्न नसक्ने जनाएका छन् । राष्ट्रिय सभा नियमावली २०७५ को नियम ६ को उपनियम (३) बमोजिम अर्को सुचना नभएसम्म बैठक स्थगित गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्