Logo

अदालतको निर्णयपछि टेनिस खेलाडी जोकोभिचले अस्ट्रेलियन ओपन खेल्न नपाउने



एजेन्सी, २ माघ। विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचले अस्ट्रेलियामा रहने अन्तिम प्रयासलाई एक अदालतले अस्वीकार गरेको छ। दालतले अस्वीकार गरेपछि उनलाई देश निकाला हुने भएको छ।

अस्ट्रेलियाको सङ्घीय अदालतले ३४ वर्षीय सर्बियाली नागरिक जोकोभिचले भिसा रद्द गर्ने सरकारको निर्णयलाई कायम राखेको छ।अदालतका तीन न्यायाधीशहरूले सर्वसम्मतिले उनको भिसा रद्द विरुद्धको अपिललाई खारेज गर्ने निर्णय दिएका हुन्। यो निर्णयसँगै जोकोभिचले गत वर्ष जितेको अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिता खेल्न नपाउने भएका छन्।-Photo: Agency

 

‘विश्व नम्बर एक टेनिस खेलाडी जोकोभिच हिरासतमा, सुनवाइका लागि अदालत जाँदै’



प्रतिक्रिया दिनुहोस्