Logo

कोरोना संक्रमित लता मंगेशकरको अवस्था कस्तो छ ? यसो भन्छन् चिकित्सक



एजेन्सी, २ पुस । भारतीय चर्चित गायिका स्वरा नाइटिङगेल लता मंगेशकर कोरोना संक्रमित भएपछि मुम्बईको ब्रीच क्यान्डी अस्पतालको आईसीयूमा भर्ना भएकी छिन् । अस्पतालले हरेक दिन विज्ञप्ति जारी गरेर उनको स्वास्थ्यको बारेमा जानकारी दिइरहेको छ । अब आइतवार पनि अस्पतालमा लता मंगेशकरको उपचार गरिरहेका डाक्टर प्रता समाधानीले विज्ञप्ति जारी गर्दै लता मंगेशकरलाई हेरचाहको आवश्यकता रहेकाले अझै केही दिन आईसीयूमा चिकित्सकको निगरानीमा राखिने बताएका छन् ।

डा.ले लेखेकी छिन्, “गायिका लता मंगेशकरलाई हेरचाहको खाँचो छ, त्यसैले उनी अझै केही दिन आईसीयूमा डाक्टरको निगरानीमा रहनुहुन्छ । उहाँको अवस्था अझै उस्तै छ। उनलाई भेट्न कसैलाई अनुमति छैन।” ९२ वर्षीया लता मंगेशकर गत हप्ता कोरोना र निमोनियाका कारण अस्पताल भर्ना भएकी थिइन् । उनमा पनि कोरोनाको सामान्य लक्षण देखिएको थियो ।

घरका कर्मचारीका कारण लता मंगेशकरलाई कोरोना भएको थियो । लता मंगेशकरको म्युजिक लेबल ‘एलएम म्युजिक’का प्रमुख कार्यकारी अधिकृत मयुरेश पाईले घरमा काम गर्ने कर्मचारी सामान लिन आउने–जाने गरेको बताए । कर्मचारीमध्ये एक जना मात्रै संक्रमित भएका छन् । लता दीदी उनको सम्पर्कमा आएकी थिइन्, त्यसैले उनको कोभिड टेस्ट गरिएको थियो, जसको रिपोर्ट पोजेटिभ आएको थियो ।

 

 



प्रतिक्रिया दिनुहोस्