Logo

सुन जस्तो देखिने धातुसहित पक्राउ



कास्की, २ माघ। पोखरा महानगरपालिका-३० पावर हाउस चोकबाट करिब १६ तोला बराबरको सुन जस्तो देखिने धातुको ३ थान सिक्री सहित बागलुङ गैरागाउँ बस्ने २० वर्षीय अमर बिकलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंबाट पोखरातर्फ जादै गरेको ग.१ ख ५५६४ नम्बरको बसलाई वडा प्रहरी कार्यालय गंगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार बिकलाई उक्त परिमाणको धातु सहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्